सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी

उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी

5670
Shares
उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी

उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पाँचखाल नगरपालिकामा नगर उपप्रमुख लक्ष्मी दनुवार र नबिल बैंक बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ साझेदारी सम्भौतापत्रमा हस्ताक्षर गरेको छ।

उक्त साझेदारीमार्फत नगरपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई नगरपालिकाको सिफारिसमा बैकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रमरतालिममा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ।

पाँचखाल नगरमा भएको सम्झौता कार्यक्रममा नगरउपप्रमुख लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिड पाइलट शाखा नबिल दिगो उद्यमशिल बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा सँगै हातेमालो गर्ने बताइन । नबिल बैंकका नबिल बैंक बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले सम्झौताले रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने र अबको १ वर्षमा सफलताका कथा सन्न आतुर भएको बताए।

सम्झौता कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाई, नबिल बैंक पाँचखाल शाखाका प्रबन्धक टिका दत्त पौडेल, कन्सल्ट्याट राजु नेपाल, पाँचखाल नगरका लेखा प्रमुख विदुर धिमाल, शाखा अधिकृत कल्याण सुवेदी लगायतको सहभागिता रहेको थियो ।

नबिल बैंकले असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिडको सुरुवात गरेको हो। सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा सरु गरेको छ।

बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सरुमा १७ वटा दुर्गम शाखबाट सञ्चालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ।

5670
Shares

ट्रेन्डिङ