सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • काभ्रेमा लागू औषध सहित ३ जना पक्राउ

काभ्रेमा लागू औषध सहित ३ जना पक्राउ

7685
Shares
काभ्रेमा लागू औषध सहित ३ जना पक्राउ

काभ्रे : काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ मंगलटार स्थित बि.पि. राजमार्ग सडक खण्डबाट नियन्त्रित लागू औषध सहित ३ जना प क्राउ परेका छन् । मंगलटार बजारमा सवारी चेकजाँचमा खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेक जाँच गर्ने क्रममा झापाबाट काठमाण्डौ तर्फ आउदै गरेको बा.४.ख ६६७६ नं. को हायस गाडीमा यात्रा गर्ने यात्रु रोहित कुमार यादवले बोकेको झोलाबाट नियन्त्रित लागू औषध एम्पुल सहि ३ जना प क्राउ गरिएको हो ।

प क्राउ पर्नेमा सिरहा सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ३ का १९ वर्षीय रूपेश कुमार यादव, सोहि ठाउँका १९ बर्षीय रोहित कुमार यादव र सर्लाही हरिवन नगरपालिका वडा नम्बर १० का २३ वर्षीय बिशाल श्रेष्ठ छन् ।

लागु औषधको परिमाण Diazelab -१०० एम्पुल, Phenergan-१०० एम्पुल, नाम नखुलेको १०० एम्पुल जम्मा : १०० एम्पुल र Noophine लेखेको लेबल स्टिकर १०० पिस, मोबाईल थान-१ र नगद र ९ हजार रूपियाँ बरामद गरिएको काभ्रे प्र हरीले जनाएको छ ।

7685
Shares

ट्रेन्डिङ