सबैको समाचार
आइतवार, भदौ ७, २०८३
  • होमपेज
  • काभ्रेमा २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी उद्घाटन

काभ्रेमा २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी उद्घाटन

3655
Shares
काभ्रेमा २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी  उद्घाटन

काभ्रेपलाञ्चोक । नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी उद्घाटन भएको छ ।

प्रतियोगिताको प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले बुधबार रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घामटन गर्नुभएको हो । उद्घाटनको क्रममा चौधरीले फुटबल नेपाल प्रहरीको पहिचान र इतिहाससँग जोडिएको उल्लेख गर्दै खेलकुदलाई पहिचान, गौरव र आवश्यकताको रुपमा विकास गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्च पास गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आज भएको उद्घागटन खेलमा नेपाल पुलिस स्कुल साँगाको ए टीमले काठमाडौं युनिभर्सिटी हाईस्कुल धुलिखेललाई ५ का विरूद्ध ० गोल अन्तरले पराजित गरेको छ ।

आजै भएको दोस्रो खेलमा बेलर स्कुल बनेपा र ग्रेसल्याड स्कुल साँगाले १-१ गोलको बराबरि खेलेका छन्। प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ए र बि टीम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७ टीमको सहभागिता रहेको छ ।

3655
Shares

ट्रेन्डिङ