सबैको समाचार
मङ्लबार, असार १७, २०८२

काभ्रेमा एक जनाको हत्या

23225
Shares
काभ्रेमा एक जनाको हत्या

काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका १० का अन्दाजी २७ वर्षका किसन पहरीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको खानीखोला गाउँपालिका ७ का ३१ वर्षिय मोहन भनिने महेन्द्र घिसिङ रहेका छन् । उनलाई हिजो पक्राउ गरि आज जिल्ला प्रहरी कार्यालय काभ्रेले सार्वजनिक गरेको हो ।

भदौ २० गते राती भएको उक्त घटनामा संलग्न घिसिङको साथबाट एक थान धारिलो हतियार चक्कु पनि बरामद गरेको प्रहरीले जनाएको छ । पनौती नगरपालिका वडा नं ७ मा भिम थिङले संचालन गरेको होटलमा सामान्य विवाद हुँदा किसनलाई महेन्द्रले धारिलो हतियार प्रहार गरेका थिए ।

प्रहरीले होटल संचालक ४४ वर्षिय भिम थिङ सहित सो समयमा खाजा खान आउने र प्रत्यक्षदर्शी समेतलाई नियण्त्रणमा लिएर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरी खतिवडाले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका महेन्द्रलाई प्रहरीले जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी हिरासतमा राखी अनुसन्धान गरिरहेको छ। चक्कु प्रहारबाट घाइते भएका किसनलाई उपचारका लागि धुलिलेख अस्पतालमा ल्याउदा सोही दिन राती ९ बजे अस्पतालले मृत घोषणा गरेका थियो ।

23225
Shares

ट्रेन्डिङ