सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्रिति रानी तामाङको ६ दिन देखि शव धुलिखेलअस्पतालमा, निष्पक्ष अनुसन्धानको माग गर्दै प्रहरी कार्यलयमा नाराबाजी

प्रिति रानी तामाङको ६ दिन देखि शव धुलिखेलअस्पतालमा, निष्पक्ष अनुसन्धानको माग गर्दै प्रहरी कार्यलयमा नाराबाजी

30360
Shares
प्रिति रानी तामाङको ६ दिन देखि शव धुलिखेलअस्पतालमा, निष्पक्ष अनुसन्धानको माग गर्दै प्रहरी कार्यलयमा नाराबाजी
  • पुजन धिताल

काभ्रेको मण्डानदेउपुर नगरपालीका वडा नं. ३ माइति घर भएकी प्रिति रानी तामाङको ६ दिन देखि शव धुलिखेल अस्पतालमा छ । पाँचखाल नगरपालीका वडा नंं. १ घर भएकी प्रिति रानीको गत वैशाख महिनामा विवाह गरेकी थिइन् । उनको विवाह पाँचखाल नगरपालीका वडा नंं. १ का सुदिप दोङ संग भएको थियो ।

विवाह गरेको ५ महिनामा नहुदै प्रितिले भने भदै २४ गते करीब प्रहरिका अनुसार करिव २ बजे माइति घरमा मण्डानदेउपुर नगरपालीका वडा नं. ३ आत्मा हत्या गरेकी छिन् । तर प्रीति भने गत् १८ दिन अगी देखि नै माईति मै बस्दै आएको पनि जनाकारी प्रीतिका बाबु वताउ छन् l प्रिती लाई अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।

मृत्यु भएको ६ दिन सम्म पनी शवको अन्तिम दहासस्कारको लागी नलगेको भन्दै माईति पक्षेले आज जिल्ला प्रहरी कार्यलय काभ्रेमा प्रांगनमा प्रदर्शन गरेका छन् । शव उठाउन र हत्या बारे निष्पक्ष्य छानबिन गर्न प्रहरीलाई दबाब स्वरुप प्रिति रानिको माइति पक्षले आज विरोध गरेको हो ।

मृतककी सासु अनुसन्धानको दायारामा ल्याउनु पर्ने मृतक पक्षको दाबी रहेको छ । २४ गते घटना पश्चात मृतकका बुबा नेत्र बहादुर तामाङले आत्महत्या दुरुसान बिरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यलयमा दर्ता गराए पछि मृतक प्रितिको श्रिमान लाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी हरि खतिवडाले जानकारी दिएका छन् ।

30360
Shares

ट्रेन्डिङ