सबैको समाचार
सोमवार, असार ८, २०८३
  • होमपेज
  • माधव नेपालले गरे पार्टी एकता

माधव नेपालले गरे पार्टी एकता

7230
Shares
माधव नेपालले गरे पार्टी एकता

काठमाडौं : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकता गर्ने सहमति भएको छ। शुक्रबार नेपाल र राईले आठ बुँदे सहमति गर्दै पार्टी एकता गरेका हुन्।

एकीकरणपछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने भएको छ। एकीकृत पार्टीको चुनाव चिन्ह राई नेतृत्वको पार्टीले लिएको कमल राख्ने सहमति भएको छ।

एमाले अन्तर संघर्ष चर्किदै जाँदा नेपालकै नेतृत्वमा राईले गत वैशाखमा निर्वाचन आयोगमा दल दर्ता गराएका थिए। भदौ ९ गते एमाले विभाजन भएर एकीकृत समाजवादीले दलको मान्यता पाएको थियो। अध्यक्ष राईलाई एकीकृत समाजवादीमा केन्द्रीय सदस्य बनाउने सहमति भएको छ।

7230
Shares

ट्रेन्डिङ