सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • बिद्यार्थीले पाए न्यानो कपडा

बिद्यार्थीले पाए न्यानो कपडा

5700
Shares
बिद्यार्थीले पाए न्यानो कपडा

काभ्रे : श्रीराम उच्च माबि खोपासीका पुर्ब बिद्यार्थीले हाल अध्यनरत बिद्यार्थी हरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेका छन्।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ गिरिको संयोजकत्वमा १ सय ६५ जोर न्यानो कपडा व्यवस्था गरिएको हो।

अध्यक्ष गिरि सहित पुर्व बिद्यार्थीहरु अर्जुन तिमल्सिना, मोहनपूर्ण सत्याल, प्रधानअध्यापक उत्तम ताम्राकार लगायतको समन्वयमा कपडा बिद्यालय लाइ उपलब्ध गराइएको थियो।

उक्त कपडा मंगलबार एक कार्यक्रमका बीच प्रमुख अतिथि एवं प्रहरी नायव उपरिक्षक अर्जुन तिमल्सिना, नेपाल टेलिकम मोबाइल सेवाका व्यापार अधिकृत मोहन पूर्ण सत्याल, पनौती नपा-१२ का वार्ड अध्यक्ष मोहन भण्डारी सहितले सबै बिद्यार्थीलाइ कपडा वितरण गरिएको अध्यक्ष गिरीले बताउनु भयो ।

अध्यक्ष गिरीका अनुसार सो कार्यक्रममा अव​कास प्राप्त​ शिक्ष​कह​रुको बिदाइ ,२०७७ एस ई ई उत्तिर्ण​ बिद्यार्थिह​रुको ब​धाई​ एवं शुभकामना सहित अक्ष​य​कोषको स्थापना गरि दाताबाट​ छात्रवृत्ति वितरणको शुभारम्भ गरिएको छ।

5700
Shares

ट्रेन्डिङ