काभ्रे। जिल्लाको नमोबूद्ध नगरपालिकाले गत असोज १२ गते आएको बाढी पहिरोले आवास गुमाएका परिवारलाई रकम हस्तान्तरण सुरु गरेको छ । बाढी र पहिरोले क्षति पुर्याएको करिब २ महिना बित्नै लाग्दा प्रभावित नागरीकले खाध्यानको लागी राज्यले प्रदान गर्ने भनेको रकम बल्ल हात पारेका छन्।
पालिकाले अहिले आंशिक र पूर्ण क्षेति पुगेका घरका नागरिकको ५ जना सम्मको परिवार रहेकालाई १५ हजार र ५ जना भन्दा बडी ब्सदस्य रहेका परिवारलाई २० हजार वितरण गर्ने जनाएको छ।
गत असोज दोस्रो साता आएको बाडी र पहिरोले पूर्ण क्षति भएका र आंशिक क्षेतिको सुचिमा रहेका लाभग्राहीलाई खाध्यान राहतको रकम हस्तान्तरण सुरु गरिएको हो।
आज युनिसेफका कन्ट्रीडाईरेक्टरको उपस्थितिमा नमोबुद्ध नगरपालिका वडा न ६ का ५६ वटा घरधुरीका लाभग्राहीलाई नेपाल सरकारबाट प्रदान गरिएको अस्थाई आवास पुनस् निर्माणको रकम हस्तान्तरण सुरु गरिएको छ ।
मृत्यु भएका परिवारलाई केन्द्र सरकारले २ लाख , प्रदेश सरकारको २ लाख र नगरपालिकाले १ लाख सहयोग हस्तान्तरण गरेपनि सामान्य राहत बाहेको सहयोग भने यो पहिलो राहत हो।
नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ्ग लामाले अब पालिकाले क्रमश पालिका भरका ८ सय ४५ वटा पूर्ण क्षेति र आंशिक क्षेति भएका घरहरुका नागरिकलाई साहयता स्वरुपको रकम निरन्तर बितरण गरिने बताउनुभएको छ ।
लाभग्राहीलाई रकम हस्तान्तरणा गर्दै युनिसेफ नेपालका कन्ट्रीडाईरेक्टर एलिस अकुंगाले आगामी दिनमा पानि खानेपानि र बालबालिकाको क्षेत्रमा समेत स्थानियतह संगको साझेदारीमा काम गर्न ईच्छुक रहेको बताउनुभएको छ ।
अकुंगाका अनुसार यस्ता विपतिको समयमा महिला र बालबालिका सबैभन्दा प्रभावित हुने भएकाले र युनिसेफले पनि मुख्य रुपमा महिला र बालबालिकाको क्षेत्रमै कार्यरत रहने भएकाले याहाको स्थानिय आवस्यकता बमोजिम खानेपानीमा समेत साझेदारी गर्न तयार रहेको बताउनु भयो।
यसैगरी बाडी र पहिरो बाट प्रभावित समुदायलाई नगद रकम हस्तान्तरण नमोबुद्धले निरन्तर अगाडी लैजाने पालिकाका प्रमुख प्रशाशकिय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनु भयो ।