सबैको समाचार
शुक्रबार, भदौ ५, २०८३

आइतबार सार्वजनिक बिदा

4020
Shares
आइतबार सार्वजनिक बिदा

 

सरकारले पुस ४ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शुक्रबार गृह मन्त्रालयले सूचना जारी गर्दै पुस ४ गते उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो।

यस्तै सोही दिन उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस परेकाले यी पर्व मनाउने समुदायका देशभरका कर्मचारीलाई पनि बिदा दिइने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

मन्त्रिपरिषद् बैठकले पुस १ गते पुस ४ गते उपत्यकामा पूर्ण रूपमा सार्वजनिक बिदा र देशका अन्य स्थानमा सम्बन्धित समुदायका कर्मचारीका लागि बिदा दिने निर्णय गरेको हो।

 

4020
Shares

ट्रेन्डिङ