काभ्रे :- जिल्लाको पनौती नगरपालिका वडा न ९ सुन्थान नौबिसे फाँटमा हातखुट्टा बाधेर , मुखमा टेप लगाई गरगहना पैसा समेत लुटी फरार रहेका एक महिला सहित ३ जना पक्राउ परेका छन्। १ लाख त्रीचालिस हजार नगद सहिद २ तोला सुन लुट्ने ३ जना पक्राउ परेका हुन्।
पनौती ननगरपालिका वडा न. ०९ सुन्थान नौबिसे फाँट बस्ने बर्ष ७८ को कान्छामान गोलेको घरमा रातको समयमा नकाबघारी १५।१६ जनाको समुहले कान्छामान तामाङ र उनको श्रीमती समेतलाई हातखुट्टा बाधेर कराउन चिच्चाउन नसक्ने गरी मुखमा टेप लगाई गरगहना पैसा समेत लुटी फरार रहेका ३ जना पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ।
ईलाका प्रहरी बनेपाका डिएसपी लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेमा जिल्लाकै खानिखोला गाउपालिका वडा न ०६ घर भई हाल पनौती न.पा. ०४ बस्ने बर्ष ३६ कि सरिता तामाङ , खानिखोला गाउपालिका वडा न ०२ बस्ने बर्ष ४१ को विचारमान गोले र सोहि स्थान घर भई हाल धुलिखेल नगरपालिका वडा न . १२ शंखुपाटी बस्ने बर्ष ४० को साङगे थोकर रहेका छन्।
सुवेदीका अनुसार एक लाख तिरचालिस हजार नगद ( १,४३,०००) , पुरानो पैसा आधा माना जति भएको थैलो , सुनको औठी १ तोला , सुनको ढुङग्री आधा तोला , सुनको तिलहरी आधा तोला गरी जम्मा २ तोला सुनको गरगहना लुटपाट गरेका थिए। पक्राउ परेका ३ नै जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोक बाट दिन ७ (सात) को म्याद लिई थप अनुसन्धान भईरहेको तथा घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजतलास भई रहेको जानकारी दिनु भएको छ।