सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बनेपामा बजार अनुगमन,२० हजार बराबरको सामान जफत

बनेपामा बजार अनुगमन,२० हजार बराबरको सामान जफत

6175
Shares
बनेपामा बजार अनुगमन,२० हजार बराबरको सामान जफत

काभ्रे : घरेलु तथा साना उद्योग कार्यालयले बनेपामा बजार अनुगमन गरेको छ । अनुगमनका त्रमmमा २० हजार बराबरको सामान जफत गरी नष्ट गरिएकोघरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत केशब प्रसाद पुडसैनीले बताउनुभयो ।

बनेपा बजारका किराना पसलमा गरिएको अनुगमनमा म्याद नाघेका, किरा परेका, सडेगलेका केराउ, भाइ मसला, दालमोठ, भुजिया, आटा पिठो, फुरुनदाना, चाउचाउ, पापड, नरिवल लगायत खाद्य सामाग्री नष्ट गरिएको हो ।

बनेपामा रहेका १० वटा किराना पसलमा अनुगमन गर्दा ३ वटा पसलमा यस्ता साम्रागी फेला परेको बताइएको छ । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवि हुमागाईको सँयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले बजार अनुगन गरेको हो ।

6175
Shares

ट्रेन्डिङ