सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एमाले काभ्रेले अधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

एमाले काभ्रेले अधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

5005
Shares
एमाले काभ्रेले अधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

 

नेकपा एमाले काभ्रेले विद्युतीय मतदान भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।

एमाले काभ्रेले यहि पुस ३ गते हुने १० औं जिल्ला अधिवेशनमा विद्युतीय मतदान भोटिङ मेसिन प्रयोग गर्न लागेको हो ।

मतदान हुने स्थानमा विद्युतीय मतदान भोटिङ मेसिन जडानका लागि भोटिङ मेसिन बनाएका राम लक्ष्मण इनोभेसन्स प्रा. लि. संग साथ सम्झौता गरिएको एमाले काभ्रेले जनाएको छ ।

एमाले काभ्रेमा ठ्याक्कै चितवनमा सकिएको १० औं महाधिवेशन जस्तै केही पद सर्वसम्मत र केही पदमा निर्वाचन हुने अनुमान गरिएको छ । गोकुल बाँस्कोटाले तयार पारेको लिष्टमा चित्त नबुझे मतदान हुनेछ ।

अन्यथा बन्दसत्र हलका प्रतिनिधिले बाँस्कोटाद्वारा तयार पारिएको नामावली तालि पिटेर सर्वसम्मत पारित हुनेछ ।

 

 

5005
Shares

ट्रेन्डिङ