सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • दलित सेल काभ्रेमा कार्यरत प्रहरी कर्मचारीलाई विद्यमान कानुन बारे विशेष अनुशिक्षण

दलित सेल काभ्रेमा कार्यरत प्रहरी कर्मचारीलाई विद्यमान कानुन बारे विशेष अनुशिक्षण

5170
Shares
दलित सेल काभ्रेमा कार्यरत प्रहरी कर्मचारीलाई विद्यमान कानुन बारे विशेष अनुशिक्षण

 

 

जिल्ला प्र ह री कार्यालय काभ्रेले दलित सेल (डेस्क) मा कार्यरत प्र ह री कर्मचारीहरुलाई दलित समुदायसंग सम्बन्धित नेपालका विद्यमान कानूनी व्यबस्थाका बारे विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

 

 

अनुशिक्षणमा दलित सेलको काम कर्तव्य, दलित समुदायमाथी हुन सक्ने अपराध, विभेद, हिंसा, दलित समुदायका नागरिकहरुलाई प्र हरी सेवा प्रवाह तथा काम कारवाहीमा प्र हरी कर्मचारीहरुले ध्यान दिनु पर्ने कुरामा छलफल भएको जिल्ला प्र हरी कार्यालय काभ्रेले जनाएको छ ।

 

 

 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक चक्रराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, कालिजंग गण धुलिखेलका प्रमुख सेनानी मिलन थापा, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख अनुसन्धान अधिकृत नगेन्द्र दाहाल, १५ नं. गण हेड क्वाटर पाँचखालका निमित्त प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक बासु महत, जिल्ला सरकारी वकिल कार्यालयका निमित्त जिल्ला न्यायधिवक्ता सुदिप शाक्य, सहायक जिल्ला न्यायधिवक्ता कपिल रोक्का लगायत प्रहरी अधिकृत तथा जवानहरु समेत गरी ६५ जना सहभागी भएका थिए ।

 

 

5170
Shares

ट्रेन्डिङ