सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे प्रहरीद्वारा पत्रकारमाथि भएको र्दुव्यवहारप्रति पत्रकार महासंघको आपत्ति, दोषीलाइ कारबाही गर्न माग

काभ्रे प्रहरीद्वारा पत्रकारमाथि भएको र्दुव्यवहारप्रति पत्रकार महासंघको आपत्ति, दोषीलाइ कारबाही गर्न माग

6845
Shares
काभ्रे प्रहरीद्वारा पत्रकारमाथि भएको र्दुव्यवहारप्रति पत्रकार महासंघको आपत्ति, दोषीलाइ कारबाही गर्न माग

 

 

काभ्रे प्र ह रीले समाचार संकलनमा गरेको निषेधप्रति पत्रकार महासंघ काभ्रेले आपत्ति जनाएको छ । आज पत्रकार महासंघ काभ्रेले एक बिज्ञप्ति जारि गर्दै उक्त घ टना प्रति खेद प्रकट गरेको छ ।

 

 

हिजो बिहिबार अस्पतालको लापरबाहीले २ वर्षिया बालिकाको मृ त्यु भएपछि अस्पताल,जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्र ह री कार्यालयसम्म तनाब भएपछि समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई समाचार संकलन गर्न नदिएको हो ।

 

बनेपा नगरपालिकाकी २ बर्षिया बालिकाको धुलिखेल अस्पतालमा मृ त्यु भएपछि आफन्त वि रो धमा उत्रिएका थिए ।

 

सोही क्रममा रिपोटिङका लागि पुगेका केहि पत्रकारहरुलाई प्र हरी ले समाचार संकलनमा रोक लगाउँदै मोबाईल फोन समेत खोसेको थियो ।

 

ग्यालेक्सी फोरके टेलिभिजनका काभ्रे जिल्ला संवाददाता पुजन धिताल र सबैको समाचार डटकमका संचालक रवि धितालमाथि प्र ह रीले र्दुव्यवहार गरेको थियो ।

 

पत्रकार हुँ भनि आफ्नो परिचय खुलाउँदा समेत भिडियो खिच्न,फोटो खिच्ने लगायतका कार्यमा अ व रोध गर्नू प्रेसस्वतन्त्रताविरोधी कार्य भएको महासंघको ठहर छ । महासंघले उक्त कार्यप्रति खेद प्रकट गरेको छ ।

 

सञ्चारकर्मीद्धयमाथि भएको र्दुव्यवहारको छानबिन गरि दो षीलाई कारबाही गर्न र स्वतन्त्रतापूर्वक समाचार संकलन गर्ने वातावरणको प्रत्याभूति गर्नपनि महासंघ काभ्रेले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

 

त्यसै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फ़ोनिज) जिल्ला शाखा काभ्रेले पनि आज एक बिज्ञप्ति जारि गर्दै उक्त घ टना प्रति खेद प्रकट गरेको छ ।

 

6845
Shares

ट्रेन्डिङ