सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • धुलिखेल एमालेलाई थप झड्का, वडा कमिटी अध्यक्ष पनि कांग्रेस प्रवेश

धुलिखेल एमालेलाई थप झड्का, वडा कमिटी अध्यक्ष पनि कांग्रेस प्रवेश

24425
Shares
धुलिखेल एमालेलाई थप झड्का, वडा कमिटी अध्यक्ष पनि कांग्रेस प्रवेश

धुलिखेल एमालेले एकपछि अर्को झड्काको सामना गर्नु पर्ने भएको छ । धुलिखेल नगरपालिका वडा नम्बर ४ को वडा कमिटी अध्यक्ष आशिष थापा कांग्रेस प्रवेश गर्नुभएको हो ।

मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेसीमा आज भएको कार्यक्रममा महामन्त्री विश्व प्रकाश शर्माको हातबाट टिका लगाएर वडा कमिटी अध्यक्ष थापा कांग्रेस प्रवेश गर्नुभएको हो ।

यसअघि धुलिखेल एमालेका प्रभावशाली नेताहरू राम कृष्ण हुमागाईं, साधुराम बडाल, निराजन जंगम लगायतका नेताहरू कांग्रेस प्रवेश गरिसकेका छन् ।

 

24425
Shares

ट्रेन्डिङ