सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • धुलिखेलमा यी हुन् कांग्रेसका आकांक्षी मेयरका उम्मेदवार

धुलिखेलमा यी हुन् कांग्रेसका आकांक्षी मेयरका उम्मेदवार

22130
Shares
धुलिखेलमा यी हुन् कांग्रेसका आकांक्षी मेयरका उम्मेदवार

धुलिखेल कांग्रेसमा आगामी स्थानीय तहको निर्वाचनका लागि आकांक्षी थपिदैँ गएका छन् । नगरप्रमुखको उम्मेदवारमा कांग्रेस धुलिखेलमा निकै रस्साकस्सी परिरहेको छ ।

अहिलेसम्म धुलिखेलमा कांग्रेसले कुनै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । तत्कालै उम्मेदवारको टुंगो लगाइ हाल्ने सहज परिस्थिति बनेको पनि देखिँदैनन् ।

धुलिखेल कांग्रेसबाट मेयरको उम्मेदवारमा सबैभन्दा शसक्त दाबी पत्रकार समेत रहनुभएका कांग्रेस नेता ईश्वरी ओझाको देखिन्छ । स्थानीयदेखि राष्ट्रिय राजनीतिमा समेत पहुँच राख्ने ओझाले यो पटक मेयरको टिकट ल्याउँदा आम कार्यकर्ताको भावना सम्बोधन हुने कांग्रेस कार्यकर्ताको बुझाई छ ।

जिल्ला उपसभापति रमेश प्रसाद हुमागाईले यो पटक पनि मेयरमा दोहोर्याउने आकांक्षा राख्नुभएको छ । अघिल्लो पटक हुमागाई एमाले उम्मेदवार अशोक कुमार ब्याञ्जुसंग पराजित हुनुभएको थियो ।

नगरसभापति बिदुर बस्नेतपनि मेयरको टिकट ल्याउने लाइनमा देखिनुभएको छ । त्यस्तै कांग्रेस काभ्रेका उप सचिब समीर ब्याञ्जु श्रेष्ठ, पूर्व नगरसभापति जीत कृष्ण श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजु सबैभन्दा बढी आकांक्षी देखिनुहुन्छ । त्यस्तै रञ्जिब श्रेष्ठको नाम पछि चर्चामा छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा धुलिखेलमा काभ्रे पार्टी दोस्रो स्थानमा छ । यो पटक कांग्रेसले आफ्नो माहोल निकै सुधार गरेको छ । एमालेका दर्जनभन्दा बढी प्रभावशाली नेता आफ्नो पार्टीमा प्रवेश गराएर कांग्रेसले आफ्नो शक्तिलाई थप मजबुद बनाएको छ ।

 

 

 

22130
Shares

ट्रेन्डिङ