सबैको समाचार
मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • भोला थापाद्वारा पनौती नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा

भोला थापाद्वारा पनौती नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा

28555
Shares
भोला थापाद्वारा पनौती नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा

ब्यवसायी भोला थापाले पनौती नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । थापाले उम्मेदवारी घोषणा गरेर चुनावी गतिविधि समेत बढाउन सुरु गर्नुभएको छ ।

मेयरको लागि टिकट हात पार्ने विषयमा धेरेको आकांक्षी देखिए पनि पत्रकार तथा समाजसेवी एवं व्यवसायि भोला थापाको बलियो सम्भावना रहेको देखिएको छ । पनौती नगर कांग्रेसका मेयरको मुख्य दाबी पत्रकार तथा सफल व्यवसायी थापा बलियो देखिएको हो ।

थापा व्यवसायी, सामाजिक र राजनीतिक क्षेत्रमा नै चर्चित व्यक्तित्व हुन् । थापाको आगमन नै पनौतीमा कांग्रेसको जित हुनसक्ने पनौतीवासिन्दाले बताउने गरेका छन् । थापाले टिकट ल्याउन सक्ने सम्भावनासमेत धेरै देखिन्छ । यसबाहेक नगर समितिका सभापति रामशरण भण्डारी पनि दाबेदार हुन् ।

गत निर्वाचनमा समेत पनौतीमा कांग्रेसको राम्रो उपस्थिति रहेको थियो । गत निर्वाचनमा एमालेबाट मेयर र उपमेयर निर्वाचित भएता पनि १२ वटा वटामध्ये ६ वटा वडामा नेपाली कांग्रेस निर्वाचित भएका थिए । जसमा ६, ७, ८, ९, १०, ११ नम्बर वडा रहेको छ । मेयर भिम न्यौपानेको राम्रो प्रभाव रहेको पनौतीमा यसपटक कांग्रेसले बाजी मार्ने सम्भावना देखिन्छ ।

न्यौपानेले कृषि सम्बन्धि कार्य गरेर नगरवासिको मन जितेको कांग्रेस निकट नेताहरुसमेत प्रंशसा गर्ने गरेको पाईन्छ । तर, एमाले फुटको असर राम्रै देखिएको पनौतीमा कांग्रेसले उम्मेदवार विना विवाद उठाउन सकेको खण्डमा भने जीतको सुनिश्चित हुने जानकारहरु बताउँछन् ।

जहाँ टिकटको मुख्य दाबेदार भोला थापा हुन् । थापाको पनौतीमा कांग्रेसभित्र राम्रो प्रभाव देखिन्छ । यसबाहेक नगर समिति सभापति भण्डारी र हाल वडा अध्यक्ष रहेका सहकुल हुमागाई लगायतको समेत यसपटक दाबी देखिएको छ ।

28555
Shares

ट्रेन्डिङ