सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेको पनौतीका मेयरदेखी वडा सदस्य सबैले छाडे सरकारी सेवा सुविधा

काभ्रेको पनौतीका मेयरदेखी वडा सदस्य सबैले छाडे सरकारी सेवा सुविधा

10455
Shares
काभ्रेको पनौतीका मेयरदेखी वडा सदस्य सबैले छाडे सरकारी सेवा सुविधा

काभ्रे : स्थानीय तहको निर्वाचन हुन २४ दिनमात्रै बाँकी छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै काभ्रेका जनप्रतिनिधिहरुले उपयोग गरिरहेका सवारीसाधन फिर्ता गर्न थालेका छन् ।

जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिले सवारीसाधन फिर्ता नगरे पनि शुरुआत भने भएको छ । काभ्रे जिल्लाको पनौती नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले कुनैपनि सरकारी सेवा नलिने भएका हुन् ।

आज बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । नगरपालिका प्रमुख,उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य लगायत पालिकाका सम्पूर्ण जनप्रतिनिधले सरकारी सेवा सुविधा नलिने भएका हुन् ।

नगर प्रमुख भीम न्यौपाने र उपप्रमुख गीता बञ्जाराले सरकारी गाडीको साँचो समेत प्रमुख प्रशासकिय अधिकृत प्रदिप पाैडेललाई आजै बुझाइसकेका छन् । यो निर्णय भोलिबाट लागू हुने नगर प्रमुख भिम न्यौपानेले सबैको समाचारलाई जानकारी दिए । सेवा सुविधा छोडे पनि काममा भने निरन्तरता दिने नगर प्रमुख न्यौपानेले जानकारी दिए ।

न्यौपानेले फरक प्रसंगमा पार्टीले फेरी आफूलाईनै नगर प्रमुखको रुपमा अगाडी सार्ने बताए । एमालेबाट नगरप्रमुख बनेका उनले पार्टीले सहि निर्णय लिनेमा आफू विश्वस्त रहेको बताए ।

राजनीतिक दल, निर्वाचन केन्द्रित प्रचारप्रसारमा संलग्न हुनुपर्ने भएकाले पनि स्थानीय तहका जनप्रतिनिधिहरुले सवारी फिर्ता गर्न थालेका हुन् ।

निर्वाचन आयोगले पनि निर्वाचन केन्द्रित कार्यमा सरकारी सवारी प्रयोग नगर्न अनुरोध गरेएको थियो । वैशाख ११, १२ गतेसम्म उम्मेदवारी मनोनयन गर्ने समय भएकाले केही जनप्रतिनिधिले भने उपयोग गरिरहेको सवारी फिर्ता गरेका छैनन् ।

10455
Shares

ट्रेन्डिङ