सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काठमाण्डौँको प्लाटिनम डिस्कोमा युवकमाथि ‘काभ्रेली समूह’को आक्रमण

काठमाण्डौँको प्लाटिनम डिस्कोमा युवकमाथि ‘काभ्रेली समूह’को आक्रमण

54390
Shares
काठमाण्डौँको प्लाटिनम डिस्कोमा युवकमाथि ‘काभ्रेली समूह’को आक्रमण

दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ले एकजना युवकलाई आक्रमण गरेका छन् । बिहीबार बिहान साढे ३ बजेतिर बालुवाटार बस्ने प्रतिष भास्कर सिंह काभ्रेली समूहको आक्रमणबाट घाइते भएका छन् ।

आक्रमण गर्नेहरु बिरुद्ध पीडित सिंहको परिवारले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका छन् । आक्रमणमा काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका सञ्जय लामा, कुलध्वज लामा उर्फ कुले र डलर भनेर चिनिने डलर लामा लगायत संलग्न रहेको बताइएको छ ।

काभ्रे घर भएका सञ्जय लामा र मिलन कार्कीले सञ्चालन गरेका डिस्कोमा ६–७ जनाको समूहले आक्रमण गर्दा घाइते भएका सिंहको टाउकोमा ७ ओटा टाँका लगाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

 

54390
Shares

ट्रेन्डिङ