सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • किशोरको हत्यामा मेयरकै संलग्नता ,१३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

किशोरको हत्यामा मेयरकै संलग्नता ,१३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

20130
Shares
किशोरको हत्यामा मेयरकै संलग्नता ,१३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा मृत भेटिएका १७ वर्षीय किशोरको हत्या आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ । जेठ २१ मा मृत फेला परेका कक्षा १० मा अध्ययनरत बिनोद शाहीको हत्या आरोपमा पीडितले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध​ किटानी जाहेरी दर्ता गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए ।

प्रहरीले जाहेरी दर्ता गरेपछि पीडितले शव बुझेका छन् । जिल्ला अस्पतालमा शव पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ । घटना अनुसन्धानमा परिचालित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शंकास्पद ५ जनालाई पक्राउ गरेको थियो । तीमध्ये २ जनालाई छाडिएको छ । घटनामा संलग्न नदेखिएपछि ३ जनालाई छाडिएको एसएसपी केसीले जानकारी दिए । किशोरको मृत्युबारे अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्यूरोका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली घटनास्थलमा छ ।

बिनोद पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थान स्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत फेला परेका हुन् । जेठ २१ मा आक्रोशित समुहले ईलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका थिए । स्थानीयले प्रहरीको ना।१ झ १२८६ नम्बरको गाडी तोडफोड गरेर पञ्चदेवल बिनायक नगरपालिकामा तालाबन्दी गरेका छन् ।

बल बहादुर शाहीको छोरा १७ वर्षीय मृतक बिनोद बहादुर शाहीको मोबाइल शवभन्दा माथी मध्यपहाडी लोकमार्गमा भेटिएको छ । उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा भेटिएको छ । उनी जेठ १७ मा राति रिठा टोलबाट हराएका थिए । मृतक एमाले निकट परिवारका हुन् । पिडित पक्षले घटनामा कांग्रेस बाट निर्वाचित मेयरको पनि हात भएको जिकिर गरेर किटानी जाहेरी दिएका हुन् । ​

20130
Shares

ट्रेन्डिङ