सबैको समाचार
शुक्रबार, साउन १५, २०८३
  • होमपेज
  • छोरा बुहारी भेट्न घरबाट निस्किएका काभ्रेका शिवभक्ति बीच बाटोमै मृत भेटिए

छोरा बुहारी भेट्न घरबाट निस्किएका काभ्रेका शिवभक्ति बीच बाटोमै मृत भेटिए

30295
Shares
छोरा बुहारी भेट्न घरबाट निस्किएका काभ्रेका शिवभक्ति बीच बाटोमै मृत भेटिए

काभ्रे : छोरा बुहारी भेट्न भन्दै घरबाट निस्किएका काभ्रे कोशीपारीका भर शिवभक्ति बीच बाटोमै मृत भेटिएका छन ।

शनिबार बिहान छोरा बुहारी भेट्न भन्दै काठमाण्डौ जान घरबाट निस्किएका शिवभक्ति बीच बाटोमै मृत भेटिएको छिमेकी सुजन शिवभक्तिले जानकारी दिनुभयो ।

‘घरबाट निस्कनु अघि काठमाण्डौमा रहनुभएकी बुहारीसंग भरतले मोबाईलमा कुराकानी गर्नु भएको रहेछ । बुहारीले फोनमा पहिलेको ठाउँमा कोठा नरहेको । नयाँ ठाउँको कोठा पत्ता लगान नसक्दा तपाई हराउन सक्नु हुन्छ । केहीदिन पछि छोरा घरमै लिन आउने बताउनुभएको रहेछ । सुजनले भने ।’

बुहारीको कुरा नटेरी हिड्नु भएका भरत अन्ततः छोरा बुहारीलाई कहिल्यै भेट्न नपाउने गरी अस्ताए । भुम्लु गाउँपालिका वडा नम्बर ६ स्वाँरा घर भएका भरत शिवभक्ति छोरा बुहारी भेट्न बस चढ्नका लागि कोलाँती आउँदै हुनुहुन्थ्यो ।

तर बस चढ्न ठाउँसम्म पनि आउन पाउनु भएन् । ठाटी–डाँडा–खहरे खोला कृषि सडकमा शिवभक्ति मृत भेटिनुभएको हो । लोकमार्गबाट करिब ६ सय मिटर पल्लोपट्टी शिवभक्तिको शव भेटिएको छिमेकी सुजनले बताउनुभयो ।

‘भरत शिवभक्तिका भाई बुहारी नजिकैको सलाघारी बारीमा घाँस काट्न जानुभाको रहेछ । जाने बेला अर्को बाटो जानुभयो । आउने बेला भारी भएकाले सजिलो बाटो आउनुभयो । त्यहि क्रममा भरतलाई लडेको देख्नुभयो । त्यसपछि वडाध्यक्षलाई खबर गराउनुभयो । हामी घटना स्थल पुग्यौ । उहाँको सास थिएन । सुजनले घटनाका बारे भन्नुभयो ।’

भरत घरमा एक्लै बस्नु हुन्थ्यो । अन्य बेला सामान्य मदिरा सेवन गर्ने गरेता पनि शनिबार भने मदिरा सेवन नगरेको सुजनले बताउनुभयो । ‘कहिले काँही मदिरा खानु हुन्थ्यो ।

तर आज मदिरा खानुभएको थिएन् । टाउको चाँही दुख्यो भन्दै हुनुहुन्थ्यो । झै–झगडा, कुटपिटबाट निधन भएको होइन । तर ठोस कारण पोस्टमार्टम रिपोर्ट पनि मात्रै भन्न सकिन्छ । सुजनले भन्नुभयो ।’

मृतक शिवभक्तिको शव पोस्टमार्टम लागि धुलिखेल अस्पतालमा ल्याइएको छ ।

30295
Shares

ट्रेन्डिङ