सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • मेयर बालेनले हटाए सिंहदरबारमा आगो लगाउने धम्की सहितको फेसबुक पोस्ट

मेयर बालेनले हटाए सिंहदरबारमा आगो लगाउने धम्की सहितको फेसबुक पोस्ट

2140
Shares
मेयर बालेनले हटाए सिंहदरबारमा आगो लगाउने धम्की सहितको फेसबुक पोस्ट

काठमाडौं । चौतर्फी आलोचना भएपछि काठमाडौें महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो फेसबुक पोस्ट हटाएका छन् । शनिबार राति काठमाडौं महानगरका गाडी रोकेको खण्डमा सिंहदरबारमा आगो लगाइदिने धम्की सहितको पोस्ट बालेनले सोमबार बिहान मेटाएका हुन् ।

शनिवार राति ९ः२१ मा शाहले आफ्नो आधिकारिक फेसबुक पेजबाट राखेको स्टाटस लगातार रूपमा सामाजिक सञ्जालमा प्रमुख चर्चाको विषय बनिरहेको थियो । “आजको लागि केही भएन ,भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरबारमा आगो लगाइदिन्छु,” शाहले धम्की दिंदै फेसबुक पेजमा लेखेका थिए, “याद राख चोर सरकार ।”

उक्त पोस्टलाई सोमबार बिहानसम्म करिब साढे चार लाखभन्दा धेरैले लाइक तथा रियाक्सन दिएका थिए भने लाखभन्दा बढी कमेन्ट र दशौं हजार प्रत्यक्ष रूपमा शेयर भएको थियो ।

यो स्टाटस आएपछि सामाजिक सञ्जालमा थुप्रै किसिमका मिश्रित प्रतिक्रिया आएका छन् । त्यसबारे विभिन्न सञ्चार माध्यममा समेत फरक फरक समाचारहरू पनि आए ।

सञ्चार माध्यमहरूमा आएका समाचारको विषयलाई लिएर बालेनको सचिवालयले भ्रम फैलाइएको आरोप लगाएको थियो । ​सामाजिक सञ्जालमा बालेनले फेसबुकमार्फत पोखेको आक्रोशलाई कतिपयले जायज भनेका छन् भने केहीले सन्की, मादक पदार्थको नसाको झोंकमा लेखेको, अराजक र गैर जिम्मेवार बनेको आरोप समेत लगाएका छन् ।

2140
Shares

ट्रेन्डिङ