सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

2520
Shares
ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

काठमाडौं :- ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गोरखा आरुघाट गाउँपालिका – ४ घर भई हाल काठमाडौं सानोभर्‍याङ बस्ने ३७ वर्षीय सन्तोषकुमार धमलालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि धमलालाई पक्राउ गरेको थियो।

उनी उपर अभद्र व्यवहार मुद्दामा म्याद थप भई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

2520
Shares

ट्रेन्डिङ