सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ११ वर्षीया बालिकामाथि बलात्कार गर्ने युवक पक्राउ

११ वर्षीया बालिकामाथि बलात्कार गर्ने युवक पक्राउ

2295
Shares
११ वर्षीया बालिकामाथि बलात्कार गर्ने युवक पक्राउ

तनहुँ / ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका ९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका ६ सेप्राङ घर भएका २६ वर्षीय कर्ण बहादुर मास्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

2295
Shares

ट्रेन्डिङ