सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • युद्धमा परी ९ जना नेपाली घाइते

युद्धमा परी ९ जना नेपाली घाइते

2240
Shares
युद्धमा परी ९ जना नेपाली घाइते

काठमाडौं । प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्। घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ। दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन्।

भारतीय समाचार एजेन्सी एनआईले १७ जनालाई बन्धक बनाएको उल्लेख गरेको छ। उसले सामाजिक सञ्जालमार्फत् हमासले १७ जनालाई बन्धन बनाएको जानकारी दिएको हो।

शनिबार विहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ।

2240
Shares

ट्रेन्डिङ