सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • आधा किलो सुनसहित विमानस्थलबाट १ जना पक्राउ

आधा किलो सुनसहित विमानस्थलबाट १ जना पक्राउ

2655
Shares
आधा किलो सुनसहित विमानस्थलबाट १ जना पक्राउ

काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मलेसियन एयरलाइन्सबाट आएका सिन्धुलीका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन्। उनले टिभी भित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार प्रमुख डा. टोक राज पाण्डेले जानकारी दिए।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको उनको भनाइ छ।

2655
Shares

ट्रेन्डिङ