सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • परिवार नियोजन गराउदा एक महिलाको पेटमै फलाम

परिवार नियोजन गराउदा एक महिलाको पेटमै फलाम

4535
Shares
परिवार नियोजन गराउदा एक महिलाको पेटमै फलाम

डाक्टर पेशा सायद सबैभन्दा संवेदनशील पेशा हो । जसको सानो लापरबाहीले विरामीको ज्यान समेत जाने गर्छ । मृत्युको मुखमा पुगेका मानिसलाई पनि डाक्टरले बचाउछन् । त्यसैले त डाक्टरलाई हामी भगवानकै रुप ठान्छौं । तर, पछिल्लो पटकका केही घटनाहरुले डाक्टरहरु संवेदनशील हुन नसकेका हुन् कि भन्ने देखाएको छ । थोरै समयमा धेरै विरामीको उपचार गर्ने नाममा लापरबाही भइरहेको छ ।
डाक्टरको लापरबाहीले एक महिलाको ज्यानै जान सक्ने एउटा यस्तै खालको घटना बाहिर आएको छ । जुन घटनाले मानिस आश्चर्यमा परेको छ । सिरहाको लहानस्थित मेरी स्टोप्स सेन्टरका एक डाक्टरले परिवार नियोजन गराउन गएकी एक महिलाको पेटमै फलामको ‘एलिभेटर’ भन्ने औजार छाडिदिए । जुन मेरी स्टोप्स सेन्टर सुरक्षित अप्रेसन गर्ने एक मात्र ठाउँ भनेर व्यापक प्रचारप्रसार भएको ठाउँ हो । तर, एक महिलाको अप्रेसन गर्दा जब पेटमै फलाम छाडे, त्यसपछि मेरी स्टोप्स सेन्टरमाथि पनि ठूलो प्रश्न खडा भएको छ ।
लहान नगरपालिका २२ की २५ बर्षीया शान्ति यादब केहि दिन अगाडि सुरक्षित परिवार नियोजन गराउन मेरी स्टोप्स सेन्टर गइन् । त्यहाँ अप्रेशन गराइन् पनि । सुरक्षत घर पनि पुगिन् । तर, पछि उनलाई निकै अप्ठेरो भयो । खाना र पानी खान समेत नसक्ने स्थिति आयो । पेटमा हुने दुखाई उनलाई निकै छटपटाह भयो । उनले आफ्ना दुई साना छोराछोरीलाई दुःध समेत तीन दिनसम्म चुसाउन सकिनन् । पिसाव समेत फेर्न सक्ने अवस्था रहेन् ।
जसका कारण उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भिर बन्दै गयो । पीडाले छटपटाउँदै विहानको समयमा पिसाब गर्र्न गइन् । उनले पिसाब गर्दै गर्दा संगै फलामको जस्तो चिज पनि देखिन र तानिन् । उनले भनिन् ‘फलाम निकालेपछि आफै आश्चर्यमा परेँ र परिवारका अन्य सदस्यहरुलाई समेत भनेँ ।’ उनले पछि मात्रै निक्र्योल गरिन कि डाक्टरले अप्रेशन गर्ने बेलामा नै फलाम पेटमै छाडेको थियो भन्ने । यो सुन्दा लाग्छ कथा जस्तो तर अर्थात् पीडा हो ।
पीडित महिलाकी आमाले तत्कालै मेरी स्टोप्स सेन्टर लहानमा फोन गरिन् र सबै व्यथा सुनाइन् । पीडा सुन्ने डाक्टर थिए– मेरी स्टोप्स सेन्टरका इन्चार्ज सुदिप श्रेष्ठ । उनले पनि आश्चर्यले चकित हुँदै एउटा एम्बुलेन्स बोलाए । आफै एम्बुलेन्समा बसेर पीडित महिलाको घर पुग्यो । त्यहाँबाट हतार हतार पीडित महिला लिएर मेरी स्टोप्स सेन्टर गयो ।
 
उनले पीडित परिवारलाई कुनै सञ्चारकर्मीलाई घटनाबारे नभन्न आग्रह गरे । तर, मिडियाले जानकारी पाइहाले । त्यसपछि डाक्टरले झुक्याउन लहानको सरकारी हस्पिटलमा घटना भएको हो भन्न लगाएका थिए । सोहीअनुसार मिडियाले सरकारी अस्पतालको चियो गर्यो तर, भेटेन । अन्त्यमा नभेटिएपछि पीडितका आफ्न्तलाई सोधपुछ गर्दा लाहानको सरकारी अस्पताल नभई मेरी स्टोप्स सेन्टर भएको थाहा भयो ।
मेरी स्टोप्स सेन्टरका इन्चार्ज सुदिप श्रेष्ठले सुरुमा त क्यामेरामा दृष्य कैद गर्नबाट रोके । पछि केन्द्रमा फोन गरेर सोध्छु अनी मात्र बोल्न मिल्ने भन्यो । केन्द्रले घटनाबारे सत्यकुरा बोलिदिन उनलाई भनेपछि मात्र उनले हाम्रो क्यामेरामा बोल्न तयार भए । उनले त सुरुमा सामान्य कुरा मात्र भएको भन्दै पन्छिन् खाजे । पछि पीडित परिवारको ब्यथा सुनेपछि प्रश्न गर्न थालेपछि मात्र इन्चार्ज श्रेष्ठले सत्य कुरा बोले । त्यसपछि उनले स्वीकारे- ‘हो अप्रेशन गर्दा फलामको सानो टुक्रा (एलिभेटर) पेटमै छुटेको थियो । अप्रेशनपछि निकाल्नुपर्ने हो तर कसरी छुट्यो हामी आफैलाई आश्चर्य लागेको छ ।’
कुन डाक्टरबाट यस्तो लापरबाही भयो भन्ने प्रश्न गर्दा उनले यहाँको सर्भिस् प्रोभाइडरले हो भन्दै अप्रेशन गर्ने डाक्टरको नाम बताउन चाहेनन् । सुदिप श्रेष्ठ- दैनिक नेपाल

4535
Shares

ट्रेन्डिङ