सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • पेस्तोल खेलाउँदा जवानलाई गोली लागेको घटनामा संलग्न असई यादव निलम्बित

पेस्तोल खेलाउँदा जवानलाई गोली लागेको घटनामा संलग्न असई यादव निलम्बित

1530
Shares
पेस्तोल खेलाउँदा जवानलाई गोली लागेको घटनामा संलग्न असई यादव निलम्बित

महोत्तरीमा पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असइ बच्चा यादवलाई निलम्बन गरिएको छ ।

सइ यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले आइतबार अपराह्न निलम्बन गरेका हुन् ।

डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक ३० गते राति भएको रात्री भोज खाएर फर्केपछि असई यादवले पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए ।

एक पाखुरामा गोली लागेर घाइते भएका जवानलाई असई यादवले घटना लुकाउन भारत उपचारमा पठाएका थिए । स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागि फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरिरहेका छन् ।

1530
Shares

ट्रेन्डिङ