सबैको समाचार
आइतवार, अशोज १८, २०८३

एक जना प्रहरी मृत फेला

1715
Shares
एक जना प्रहरी मृत फेला

भक्तपुर | भक्तपुरमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन्।

आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित आफ्नो घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले बताए।

४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन्। उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए।

उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी निरीक्षक ढुंगानाका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन। पोष्टमर्टमको लागि प्रहरीले शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगेको छ।

1715
Shares

ट्रेन्डिङ