सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • काभ्रेमा गाडी दुर्घटना, ९ जना घाइते

काभ्रेमा गाडी दुर्घटना, ९ जना घाइते

2675
Shares
काभ्रेमा गाडी दुर्घटना, ९ जना घाइते

काभ्रे । काभ्रेको पनौती नगरपालिका-५, सुन्दरबस्तीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०४–००१ ज ००११ नं. को ईलेक्टिक गाडी आइतबार साँझ ६ बजेतिर पनौती–५ सुन्दर बस्तीस्थित बीपी राजमार्ग सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसा दुर्घटनामा ३ महिला र ६ जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ बस्ने बर्ष अन्दाजी २१ की बिमला खड्का, सिन्धुली कमलामाई नगरपालिका १५ बस्ने बर्ष अन्दाजी २३ की महिला, सिन्धुली कमलामाई नगरपालिका–१५. बस्ने बर्ष अन्दाजी ५५ की सोम माया घिसिङ रहेका छन ।

यस्तै भारत सितामणी जिल्ला घर भएका बर्ष २८ का सुदन चौधरी, सिन्धली कमलामाई नगरपालिका–१५, बस्ने बर्ष अन्दाजी १८ का गुड्डु चौधरी, सिन्धुली तिनपाटन गाउँपालिका–५ बस्ने बर्ष अन्दाजी १६ का भुवन परियार, सिन्धुली तिनपाटन गाउँपालिका–५ बस्ने बर्ष अन्दाजी २० को दिपेश राउत, सर्लाही कवलासी न.पा.६ बस्ने बर्ष अन्दाजी १९ को बिकास साह र सर्लाही कवलासी नगरपालिका ६ बस्ने बिजय साह घाइते भएका छन । घाइतेहरुको धुलिखेल अस्पताल लगिएको छउपचार भइरहेको छ ।

गाडी चालक सिन्धुली कमलामाई न.पा.२ बस्ने बर्ष अन्दाजी ३६ का चन्द्र बहादुर भट्टराई प्रहरीको नियन्त्रणमा छन् ।

2675
Shares

ट्रेन्डिङ