सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • यस वर्षको एसईई चैतको पहिलो हप्ता देखि

यस वर्षको एसईई चैतको पहिलो हप्ता देखि

1465
Shares
यस वर्षको एसईई चैतको पहिलो हप्ता देखि

काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताएका हुन् ।अध्यक्ष शर्माले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइरहेकाले  एसईई प्रभावित नहुने उनले बताएका छन् ।

संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसईईसम्बन्धी व्यवस्था अहिले लागू नहुने भन्दै अन्योलमा नपर्न आग्रह गरिएको छ ।

यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताएका छन् ।

सअघि ग्रेडिङ सिस्टम थियो । अब ग्रेडिङ नहुने भएको छ । अहिलेसम्म एसईईका लागि रजिस्ट्रेसन फारम भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।

1465
Shares

ट्रेन्डिङ