सबैको समाचार
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • विषालु च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

विषालु च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

5695
Shares
विषालु च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

डडेल्धुरा : डडेल्धुरामा विषालु च्याउ खाँदा एक बालकको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिकामा ३ मा जंगलबाट टिपेको विषालु च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको हो। डडेल्धुरामा उपचार सम्भव नभएपछि धामीलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा आइतबार बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि सेती अस्पतालमै राखिएको छ।

यस्तै च्याउ खाँदा मृतककी आमा ४१ वर्षीया विस्ना धामी तथा ११, १३ र १७ वर्षीया तीन दिदीबहिनी बिरामी परेका छन्। उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

5695
Shares

ट्रेन्डिङ