सबैको समाचार
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • पनौतीको गोरखनाथ डाँडाँमा ९ फिटको गणेशको मुर्ति निर्माण हुदै

पनौतीको गोरखनाथ डाँडाँमा ९ फिटको गणेशको मुर्ति निर्माण हुदै

पनौतीको गोरखनाथ डाँडाँमा ९ फिटको गणेशको मुर्ति निर्माण हुदै

काभ्रे : काभ्रेको पनौती नगरपालिका वडा नम्बर ६ स्थित गोरखनाथ डाँडाँमा गणेशको मुर्ति निर्माण हुने भएको छ । सप्ताह कार्यक्रम बाट आर्थीक संकलन सुरु गरी मुर्ति निमार्णको काम आगाडी बढाईएको वडा अध्यक्ष सुधिर सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ९ फिटको गणेशको मुर्ति निमार्ण हुने छ । गोरखनाथ संरक्षण समिति तथा ब्यक्तीगत रुपमै आर्थीक संकलन गरी मुर्ति निमार्णको काम जारी रहेको छ । निमार्ण कार्य सम्पन्न गर्न करिब ५० लाख लागत लाग्ने अनुमान गरिएको छ । आगामी पुस मसान्त सम्म निमार्ण कार्य सम्पन्न गर्ने योजना अनुसार काम भईरहेको वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका