सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • अनेरास्ववियुले गर्यो प्रधानमन्त्री कार्यालय सहित ३७ वटा कार्यालय विरूद सर्वाच्चमा रिट

अनेरास्ववियुले गर्यो प्रधानमन्त्री कार्यालय सहित ३७ वटा कार्यालय विरूद सर्वाच्चमा रिट

2220
Shares
अनेरास्ववियुले गर्यो प्रधानमन्त्री कार्यालय सहित ३७ वटा कार्यालय विरूद सर्वाच्चमा रिट

काभ्रे :- काभ्रेको एमाले निकट विधार्थी संगठनले निःशुल्क शिक्षा कार्यान्वयन गर्न माग गर्दै अनेरास्ववियुले सर्वोच्चमा रिट दर्ता गरेको छ । काभ्रेका स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई धुलिखेल, शिक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सहित सरोकारवाला ३७ वटा कार्यालयलाई विपक्षी बनाएर अनेरास्ववियुले रिट दायर गरेको हो।

काभ्रेपलाञ्चोक जिल्लाका सम्पुर्ण सरकारी तथा सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट विभिन्न शिर्षकहरुको माध्यमबाट शूल्क असुल गरि नेपालको संविधानको धारा ३१ द्धारा प्रदत्त शिक्षा सम्वन्धि मौलिक हकमा आघात पु¥याउने कार्य गरीएकोले संविधानद्धारा प्रदत्त मौलिक हकमा अनुचित बन्देज लगाउने काम भएको अनेरास्ववियु काभ्रेपलाञ्चोकका अध्यक्ष मिलनकुमार गौतमद्धारा दायर रिट निवेदनमा उल्लेख छ ।

माध्यमिक तहसम्म शिक्षा अध्ययनको लागी विद्यार्थीबाट कुनै पनि शुल्क, दस्तुर लिन नहुने, निशुल्क शिक्षा अध्ययन गर्न पाउने ब्यवस्था नगरिएको भन्दै रिट निवेदनमा उल्लेख गरिएको छ।

संवैधानिक हक विपरितको कार्य रोक्न विपक्षीहरुले भुमिका नखेलेको कारणले विद्यार्थी र अभिभावकलाई आर्थिक पीडा भइरहेको हुँदा, उक्त कार्यलाई रोक्नका लागी सर्वोच्च अदालतमा रिट निबेदन दर्ता गर्नु परेको अनेरास्ववियुले उल्लेख गरेको छ ।सोहि मुद्धाको पेशी भोली फागुन ४ गतेका लागि तोकिएको छ ।

रिट निवेदन :-

2220
Shares

ट्रेन्डिङ