सबैको समाचार
शुक्रबार, साउन १५, २०८३

काभेमा एक महिलाको हत्या

2605
Shares
काभेमा एक महिलाको हत्या

काभ्रे :- जिल्लाको धुलिखेल नगरपालिका वडा न ९ स्थाई घर भै हाल बनेपा १३ भैसेपाटीमा डेरामा बस्दै आएकी महिलाको हत्या गर्ने एक जनालाई पक्राउ गरेको छ। ८३ वर्षीय लक्ष्मी तामाङ्गको हत्या गरी सुन लुटपाट गर्ने एक जनालाई काभ्रे प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

धुलिखेल नगरपालिका वडा नम्बर ९ घर भई बनेपा नगरपालिका वडा नम्बर १३ भैसेपाटीमा डेरामा बस्दै आएकी ८३ वर्षीया लक्ष्मी तामाङको हत्या गरी सुन लुटपाट गर्ने सुनसरी जिल्ला धरान उप महामानगर पालिका वडा न ८ घर भई लक्ष्मी तामाङ बस्दै आएको घरमै डेरा गरि बस्ने २९ वर्षका अभिषेक आचार्जुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बनेपाले आज सार्वजनिक गरेको हो ।

आचार्जु मृतक संगै बनेपा वडा न १३ स्थित बसन्त श्रेष्ठकै घरमा डेरा गरी बस्दै आएका थिए। आचार्जु लागु औषध समेत सेवद गर्दै आएका प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

आचार्जुलाई चैत्र १३ गते धुलिखेलबाट पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानको कार्य भईरहेको प्रहरीले जनाएको छ ।

आचार्जुले मृतक लक्ष्मी तामाङ्गले कानमा लगाएको सुनको रिङ्गपनि बनेपा वडा न ८ चारदोबाटोमा रहेको बिबेक रत्न सुनचादी पसलमा लगेर धितो राखी रु ३६ हजार लिएको समेत स्वीकार गरेका छन्।

संगै प्रहरीको सोधपुछको क्रममा हत्या गरेर सुन लिएको र बेचेको समेत स्वीकार गरेको प्रहरीको दाबी छ। प्रहरीले घटना संग सम्बन्धित रहेर थप अनुसन्धान गर्दै रहेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुबेदीले जानकारी गराएका छन्।

2605
Shares

ट्रेन्डिङ