सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • काभ्रेमा अबैध रुपमा भन्सार छलि गरी ल्याएको कपडा बरामद

काभ्रेमा अबैध रुपमा भन्सार छलि गरी ल्याएको कपडा बरामद

2110
Shares
काभ्रेमा अबैध रुपमा भन्सार छलि गरी ल्याएको कपडा बरामद

काभ्रे :- जिल्लाको धुलिखेल नगरपालिका वडा न ९ काभ्रेभन्ज्याङमा भन्सार छली गरेर ल्याईएको कपडा बरामत गरिएको छ ।

काभ्रेभञ्ज्याङ स्थित बि.पि.राजमार्ग सडकखण्डमा सवारी साधनहरु चेकजाँचको क्रममा प्रहरीले रामेछाप मन्थली बाट काठमाण्डौ तर्फ सँगै आउदै गरेको बा १२ च.५५८२ नं को E.V. गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको छतमा बोराहरुका कपडाहरू बरामत गरेको हो ।

बरामत भएको कपडामा धोती सारी १०२ पिस लेहङ्गा ४२ पिस , पातलो जाली भित्री कपडा ४० पिस (थान), मानको कपडा १२ पिस रहेको काभ्रे प्रहरीले जनाएको छ ।कपडा काभ्रेभन्ज्याङ अस्थाई प्रहरी पोस्टले बरामत गरेको हो ।

2110
Shares

ट्रेन्डिङ