काभ्रे :- जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा चालु आबको त्रैमाशिक समीक्षा सम्पन्न गरेको छ । सोहि सभालाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रि भानुभक्त जोशीले संघीय निजामति सेवा ऐन यसै आगामी आर्थिक वर्ष भित्र ल्याई सक्ने गरी आफुले र मन्त्रालकाम गरीरहेको बताएका छन्।
कार्यक्रमको प्रमुख अथितिका रुपमा धुलिखेल आएका जोशीले समिक्षा कार्यक्रमको प्रगति कार्यपत्र प्रस्तुति हेरिसकेपछी सम्बोधनको क्रममा अब सामान्यीकरण अनुदान कटौती नहुने बताएका छन् । उनले भने “ मागको मैना एउटा परिपत्र गरेको रैछ त्यो परिपत्र अनुसार जो गरेको थ्यो तेस्लाई पुनरविचार गरिन्छ ” अब कुनै पनि हालतमा गाउपालिकमा नगरपालिकामा गएको कुनै पनि अनुदान कटौती हुदैन ।अहिले फेरी २५ प्रतिशत काटिदा त् समस्या नै हुने भो कति ठेक्का मार्फत काम भैसकेकेका होलान केहि सम्झौता गरिसकेका छौ अब सम्झौता गरिसकेको रकम नदिदा के हुने हो । भन्दै समस्या समेत दर्शाउदै जोशीले अब यी सबै समस्याको सामाधान खोज्नका लागी यी सबै कठि नाईहरुको व्यवस्थापन गर्ने गरी संघीय निजामति ऐन आईसकेपछी तेस्ले प्रदेशमा रहेका अधिकार निजामति साथिहरु र स्थानीय तहमा रहेका निजामति सेवाका कर्मचारीको व्यवास्थापन गर्ने कुरा कर्मचारीलाई सेवा सुविधा दिने कुरामा र प्रोत्साहान गर्ने कुरामा गर्ने अलि साहिलो बनाउने कुरामा कन्जुस्याई गर्न नहुने धारणा ब्यत गर्दै अनुसाशीत बनाउने कुरामा कर्तब्य निस्ट बनाउने कुरामा उहाहरुले आफ्नो कामको सबै मुल्यांङ्कन गर्ने कुरामा पनि सरकार उतिकै कडा हुनु पर्ने अवस्था रहेको तर्क जोशिको थियो ।
संगै जनप्रतिनिधिलाई समेत ईमानदार हुनका लागी अपिल गर्दै आफु जति मिनेट बस्छु जति घण्टा मन्त्रिको पदमा रहन्छु तेतिन्जेल ईमान्दारीताका साथ सेवा गर्ने बाचा गर्दै, सबैले आफ्नो ठाउबाट छातीमा हात राखेर ईमान्दार भएर सेवा गरौ परिवर्तन गर्न सकिन्छ सुधार गर्न सकिन्छ भन्ने सबैले अनुभूति गर्ने कार्य गर्न सकिने तर्क गर्दै आफुले ल्याउनु पर्ने ऐन कानुन निर्देशिका प्रदेश सरकार , र स्थानीय सरकारका लागी पनि ल्याउनु पर्ने कुरामा चाडोभन्दा चाडो ति कार्यमा समय प्रदान गर्ने विस्वास लिनका लागी अनुरोघ समेत ब्यक्त गरेका हुन् ।
जिल्ला समन्वय समिति प्रमुख दिपक कु गौतमको अधक्क्षतामा सम्पन्न कार्यक्रममा , निजामति संघीय सामान्य प्रशासन मन्त्रि , बागमती प्रदेश सरकारको मुख्यमन्त्रि तथा मन्त्रि परिषदको सचिब हुमकला पाण्डे ,प्रजिअ रुद्रा देबी शर्मा काभेका १३ वटै पालिकाका प्रमुख , उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत तथा प्रदेश मातहतका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बनेपा नगर उपप्रमुख , पनौती नगर उप प्रमुख , खानीखोला गाउपालिका प्रमुख , नमोबुद्ध नगरपालिका प्रमुख लगाएत सहभागीले सम्बोधनको क्रममा सधियता स्थानीय सरकार सम्म नपुगेको गुनासो व्यक्त गरेका थिए ।