सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • पढ्न गएका बालकको स्कूलमै मृत्यु

पढ्न गएका बालकको स्कूलमै मृत्यु

755
Shares
पढ्न गएका बालकको स्कूलमै मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको भृकुटी बोर्डिङ स्कुलमा प्ले ग्रुपमा पढ्ने तीन वर्षीय बालकको मृत्यु भएको छ ।

भरतपुर–११ का दिलिप गुप्ताका छोरा युवराज गुप्ताको आइतबार मृत्यु भएको हो ।

विद्यालयमा खेलिरहेका बालक अचानक बेहोस भएको र बेहोस भएपछि पानी खुवाएको विद्यालयले जनाएको छ । बेहोस भएका बालकलाई विद्यालयले उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याएको थियो ।

उपचारको क्रममा आइतबार दिउँसो साढे १२ बजे बालकको मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

755
Shares

ट्रेन्डिङ