धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको छ ।
मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स र चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।