काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ ।
मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा नेपालको ९१ वर्षको उमेरमा निधन भएको हो । १० दिनअघि नेपाललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
नेपालको चर्चित पुस्तक हो ‘नेपालको महाभारत’ । त्यस्तै ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ पनि नेपालले लेखेका उल्लेखनीय पुस्तक रहेका छन् ।
नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन् । नेपालको मंगलबार दिउँसो तीन बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ ।