सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ

भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ

765
Shares
भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो ।

 एसपी नवराज कार्कीले बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको  प्रहरीले जनाएको छ ।

नेपाल-भारत सीमा क्षेत्र नजिकै केरा र गाँजा अनलोड गर्दै गरेको जानकारी पाएपछि  प्रहरी पुगेको थियो ।

765
Shares

ट्रेन्डिङ