सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बनेपामा शुक्रबारे हाटबजार ८ औ हप्तामा , ३ हजार भन्दा धेरै सहभागिता

बनेपामा शुक्रबारे हाटबजार ८ औ हप्तामा , ३ हजार भन्दा धेरै सहभागिता

1025
Shares
बनेपामा शुक्रबारे हाटबजार ८ औ हप्तामा , ३ हजार भन्दा धेरै सहभागिता

काभ्रे :- जिल्लाको बनेपा नगरको कृषि शाखाले संन्चालनमा ल्याएको साप्ताहीक हाट बजारमा ८ औ हप्ता पुगेको छ।

स्थानीय उत्पादनलाई प्रोत्सहान दिन कृषि शाखाले हाट बजार राखेको हो। कृषि शाखाले गत चैत्र १६ गते शुक्रबार बाट सुरु गरिएको शुक्रबारे हाट बजार ८ औ हप्ता सम्म पनि संचालनमै रहेको छ।

सामान्य जसो दिनको करिब १२ / १ बजे तिर समेत बजारमा सामान्य भिडभाड नै देखिन्थ्यो। बनेपा कै अन्य तरकारी बजार भने प्राय दिउसो सुनसाननै हुन्छ। तर यहाँको शुक्रबारे हाट बजारमा समान किन्ने र बेच्ने मानिसहरु खाचाखच नै भरिएका थिए।

बनेपा वडा न ९ को कार्यालय अगाडीको लायकु मंचमा संचालनमै रहेको शुक्रबारे हाट बजारमा प्रत्यक शुक्रबार ३ हजार देखि ३५ सय सम्म मानिसले अबलोकन तथा दैनिक उपभोग्य बस्तु खरिद गर्दै आईरहेको बनेपा नगर प्रमुख शान्ति रत्न शाक्यले जानकारी दिए।

उनले हाट बजारमा समान किन्दा कृषि जन्य देखि लताकपडा देखि खाध्यानसम्म एकै स्थानमा पाईने हुदा हाट बजारमा मानिस आकर्षित भएको र उपभोक्तालाई समेत सहज भएको शाक्यको भनाई छ।

शुक्रबारे हाट बजारमा स्थानिय कृषि उत्पादन , तरकारी , फलफुल , कपडा र स्थानिय महिलाले हात्ले नै बनाएका सामाग्री देखि अन्य सामाग्री समेत उपलब्ध रहेका छन्।

1025
Shares

ट्रेन्डिङ