काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध किटानी जाहेरी दिएकी गौशाला २६ ले मानवअधिकार आयोगमा निवेदन दिएकी छन् ।
न्यायका लागि आवाज उठाउँदा उल्टै लाञ्छना गर्ने, तुच्छ, हेय र अमानवीय किसिमका प्रचारप्रसार गरिएको भन्दै उनले आफ्नो मानवअधिकार र न्याय पाउने हकको रक्षा गरिदिन निवेदन मार्फत अनुरोध गरेकी छन् ।
जिल्ला अदालत, काठमाडौंले ८ वर्ष कैद सजाय तोकेकोमा उच्च अदालत, पाटनले बुधवार लामिछानेलाई सफाइ दिएको थियो । त्यसपछि सामाजिक सञ्जाल, कतिपय सञ्चारमाध्यम, युट्युब लगायतमा आफ्नो चरित्रसँग जोडेर गम्भीर विषयहरू प्रचार भएको भन्दै उनले आयोगको ध्यानाकर्षण गराएकी छन् ।
नले त्यसरी आफ्नो चरित्र हत्या हुने गरी सम्प्रेषित भिडियोहरूको लिंक समेत उपलब्ध गराएकी छन् । केही युट्यबु च्यानलमा उनी देखिने सीसी टीभी फुटेज समेत सम्प्रेषित भएका थिए ।
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले भने आफूहरू पीडितले उठाएको विषयप्रति संवेदनशील रहेको बताइन् ।