नेपालगन्ज । देशकै अत्यधिक गर्मी हुनेमध्येको एक नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ ।
जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मीना सिवाकोटीले शनिवार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जानकारी दिए ।
गत बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस थियो । त्यसैगरी शुक्रवार ४१ दशमलव १ डिग्री मापन भएको नेपालगन्जको अधिकतम तापक्रम शनिवार भने ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो ।
शनिवार मापन भएको नेपालगन्जको अधिकतम तापक्रम पाँच वर्ष यताकै उच्च हो । २०१८ देखि २०२४ सम्म सात वर्षको अवधिमा गत २०१९ मे २० तारिखका दिन नेपालगन्जको तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।