सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा आज थप ३७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि, संक्रमित मध्ये हाल सम्म ६ सय ९ जना कोरोना मुक्त

काभ्रेमा आज थप ३७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि, संक्रमित मध्ये हाल सम्म ६ सय ९ जना कोरोना मुक्त

4560
Shares
काभ्रेमा आज थप ३७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि, संक्रमित मध्ये हाल सम्म ६ सय ९ जना कोरोना मुक्त

काभ्रे : काभ्रेमा आज थप ३७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ३८ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

आज भाईरसको संक्रमण पुष्टि हुनेमाबनेपा नगरपालिकामा ८ जना पुरुष र ७ जना महिला, नमोबुद्धमा १० जना पुरुष, धुलिखेल नगरपालिकाका २ जनापुरुष र३ जना महिला,पनौतीका २ पुरुष र १ जनामहिला, मण्डनदेउपुरमा २ जना पुरुष र १ जना महिला र रोशी गाउँपालिकाका १ जना पुरुष रहेका छन् ।

आजमात्र १६ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । योसँगै जिल्लाका ६ सय ९ जना कोरोना मुक्त भएका छन् । हाल जिल्लामा ४ सय २० जना सक्रिय संक्रमित छन् ।

यस्तै अस्पताल आइसोलेसनमा १ सय२७जना र होम आइसोलेसनमा २ सय ९३ जना रहेकास्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले बताउनुभयो ।

4560
Shares

ट्रेन्डिङ