सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पशुपतिनाथको भेटी चोरी गर्ने कोषको कर्मचारी सहित ८ जना पक्राउ

पशुपतिनाथको भेटी चोरी गर्ने कोषको कर्मचारी सहित ८ जना पक्राउ

775
Shares
पशुपतिनाथको भेटी चोरी गर्ने कोषको कर्मचारी सहित ८ जना पक्राउ

काठमाडौं :- भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारीसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।”

पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनीहरूले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।

775
Shares

ट्रेन्डिङ