काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेको धुलिखेलकी ४० वर्षीया अप्सरा दाहाल रहेको प्रहरीले जनाएको छ । ना ८ छ ७५०६ नम्बरको ट्रकले बाटो काट्दै गरेकी अप्सरालाई ठक्कर दिएको थियो ।
उपचारका लागि तत्कालै पाटन अस्पताल पु¥याइए पनि उनको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।