काठमाडौं । जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो । पहिलो धक्का ५.९ म्याग्निच्युडको र दोस्रो धक्का ४.८ म्याग्निच्युडको मापन भएको थियो ।
धक्काले इशिकावा प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत शहरहरुमा महसुस भएको थियो ।
समाचार एजेन्सी एनएचकेका अनुसार भूकम्पबाट कुनै क्षति भएको छैन । सुनामीको चेतावनी पनि जारी भएको छैन ।