सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • आज दिउँसो काठमाडौंमा सामान्य वर्षा हुने

आज दिउँसो काठमाडौंमा सामान्य वर्षा हुने

655
Shares
आज दिउँसो काठमाडौंमा सामान्य वर्षा हुने

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।

काठमाडौं उपत्यकामा आज दिउँसो सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदुरपश्चिम,कर्णाली र लुम्बिनी र कोशी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

655
Shares

ट्रेन्डिङ