सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एम स्टाईल सलोन एंड ब्युटी हब संचालनमा

एम स्टाईल सलोन एंड ब्युटी हब संचालनमा

1255
Shares
एम स्टाईल सलोन एंड ब्युटी हब संचालनमा

काठमाडौं । विगत २६ वर्ष देखि सौन्दर्य क्षेत्रमा क्रियाशील रहँदै आएकी गीता गिरीले बानेश्वरमा एम स्टाईल सलोन एंड ब्युटी हब संचालनमा ल्याएकी छन्।

महिला पुरुष दुवैका लागि सेवा दिने उदेश्यले खोलिएको ब्युटी हब काठमाडौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोल,अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशीले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा खोलिएको एम स्टाईल सलोन एंड ब्युटी हबमा सौन्दर्य संग सम्बन्धित सबै काम गरिनुका साथै विभिन्न ट्रेनिङ समेत दिइने संचालिका गीता गिरीले जानकारी गराईन्।

गीता गिरीको २६ वर्ष देखिको क्रियाशीलतालाई थप हौसला प्रदान गर्न आफुहरु उद्घाटन समारोहमा उपस्थित भएको उप प्रमुख सुनिता डंगोल ,अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशीले बताए। एम स्टाईल सलोन एंड ब्युटी हबले ओपनिङको अवसरमा ५० प्रतिसत सम्म छुटको अफर दिएको छ।

1255
Shares

ट्रेन्डिङ